Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रचण्ड–नेपाल समूहको बागमती प्रदेश संसदीय दलको नेतामा शाक्य

asta-laxmi-sakya-1609320603.jpg

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड– माधव समूहले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।

काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रचण्ड– माधव समूहको प्रदेश सांसदको बैठकले शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो । यसअघि नेकपा बागमती प्रदेश संसदीय दलका नेता मुख्यमन्त्री डोरमणि पौडेल थियो ।

प्रचण्ड–नेपाल समूहले पुस १० गते बागमतीका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीको उम्मेदवारमा शाक्यलाई प्रस्ताव गरेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०