nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पूर्वाधार व्यवस्थापनसँग सम्बन्धित अधिकृतलाई अनलाइन तालिमका लागि दरखास्त आह्वान

MOFAGA-1612706178.jpg

निजामती तथा स्थानीय तहमा कार्यरत पूर्वाधार व्यवस्थापनसँग सम्बन्धित अधिकृत पदमा कार्यरत कर्मचारीका लागि अनलाइन तालिम छात्रवृत्तिका लागि निवेदन आह्वान गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले युएन क्यापिटल डेप्लोभमेन्ट फन्डद्वारा नेपाल सरकारका निजामती तथा स्थानीय तहका कर्मचारीहरूलाई उपलब्ध गराउने म्यानेजिङ इन्फ्रास्ट्रक्चर एसिट्स फर सस्टेनेवल डेभ्लपमेन्ट तालिमका लागि आह्वान गरेको हो ।

योग्यता पुगेका अधिकृत कर्मचारीहरूले अद्यावधिक व्यक्तिगत विवरण सहित माघ २६ गते भित्र निवेदन आइसक्न भनेको छ ।