Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पूर्वसांसद लामाको शोकमा इन्द्रसरोवर गाउँपालिकामा २६ गते सार्वजनिक विदा

birlama-1605019891.jpg

पूर्वसांसद वीर बहादुर लामाको निधनमा शोक व्यक्त गर्दै मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले २६ कात्तिकमा सार्वजनिक विदाको घोषणा गरेको छ । गाउँपालिकाका अध्यक्ष जीवन लामाले एक सूचना जारी गरी ईन्द्रसरोवर गाउँपालिकाको फाखेलका स्थायीवासी लामाको निधनप्रति दुख व्यक्त गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी गराएका हुन् ।

तत्कालिन नेकपा एमालेका केन्द्रीय नेता, जिविस मकवानपुरका पूर्वसभापति एवम् पूर्व सांसद लामा मिर्गौलामा समस्या भएपछि उपचाररत लामाको २३ कात्तिक बिहान ललितपुरको पाटन अस्पतालमा निधन भएको थियो ।

२५ कात्तिकमा काठमाडौंको स्वयम्भुमा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको उपस्थितिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो । नेकपाका वरिष्ठ नेता नेपालले लामाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०