nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ जेसिजको १८ औं पदभार ग्रहण : टिमले सुनौलो वर्ष बनाउने अमात्यको विश्वास

20180119_142858-1516511328.jpg

पालुङ जेसिजको १८ आंै पदभार ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । उत्तरी मकवानपुरको थाहामा विगत १७ वर्ष देखि युवा नेतृत्व विकासमा लागि परिरहेको जेसिजको शुक्रबार पदभार ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको प्रमख आथ्यिता तथा वर्ष २०१७ का अध्यक्ष अञ्जल प्रधानको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा थाहा नगरपालिका नगर प्रमुख विष्टले १८ देखि ४० वर्षको उमेर संसार परिवर्तनको उमेर भएको भन्दै जेसिजको सारलाई व्यवहारमा उतारी समाज विकासमा लाग्न जेसिहरुलाई शुभकामना दिए । साथै उनले सहकार्य बोलीमा मात्र नभई कार्य मा नै हुनपर्ने भन्दै पालुङ जेसिज संग सदैब हातेमालो गरेर अघि बढ्ने बताए ।

वर्ष २०१७ का महा सचिव विक्रम केसीले सञ्चालन गर्नु भएका कार्यक्रममा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि जनक राज घिमिरे तथा थाहा नगरपालिकाका उप प्रमुख खडग गोपालीको विशिष्ट आतिथ्यता रहेको थियो ।  

उपाध्यक्ष घिमिरेले राष्ट्रिय कार्यक्रमको लागि पालुङ जेसिजलाई आफूले सक्दो साथ र सहयोग गर्ने बताए । उनले यहाँको कार्यक्रमले नेपाल जेसिजमा कम्पन आउनु पर्ने कुरा औल्याए ।

वर्ष २०१८ का नव निर्वाचित अध्यक्ष विजय श्याम अमात्यले आफ्नो पदभार ग्रहण गर्दै वर्ष २०१८ को टिमले वर्ष २०१८ लाई सुनौले वर्ष बनाउने कुरामा विश्वास दिलाए । साथै उनले आफुलाई अध्यक्ष बन्नको लागि कुमार नेगी र सुवास गोपालीले विशेष त्याग गरेको भन्दै उनीहरुको प्रशंशा गरे । अमात्यले अहिले सम्म जेसिजमा साथहरु एकदम बलियो पाएको बताउदै आफुले धेरै भाषणमा भन्दा पनि अब एजेण्डामा रहेर काम गर्ने बताए । उनले भने “म सफल त्यस बेल हुन्छु, जुन बेला मेरो कार्यकालको अन्तिम सयममा मैले यस्तो गरे त्यस्तोे गरे भन्न पाउँ । ”  

कार्यक्रममा निवर्तमान अध्यक्ष जर्म श्रेष्ठले आफुले वर्ष २०१८ भरीको लागि फ्लेक्स प्रिन्ट तथा फोटोकपी निशुल्क रुपमा गरिदिने बताए । त्यसैगरि अर्का निवर्तमान अध्यक्ष सुरेन्द्रमान प्रधानले वर्ष भरीको बैठकको लागि आफ्नो होटलमा सय प्रतिशत निशुल्क रुपमा बैठक हल उपलब्ध गराउने बताए ।  संस्थापक अध्यक्ष पुरुषोक्तम ढकालले संस्थाको नेतृत्व सफल पार्नको निम्ती सफल कार्यकालको शुभकामन व्यक्त गरे । साथै उनले जेसिस प्रति सकारात्मक भएर लाग्न सबैलाई आग्रह समेत गरे ।

वर्ष २०१७ का अध्यक्ष अञ्जल प्रधानले वर्ष २०१८ का अध्यक्ष विजय श्याम अमात्यलाई जेसिजको चेन लगाई पद हस्तान्तरण गरेका थिए । साथै वर्ष २०१८ का लागि उपाध्यक्ष सबिन बिष्ट, नवराज लामा, अनित बिष्ट, रामकाजी महर्जनले पदभार ग्रहण गरेका छन् । साथै नव निर्वाचित अध्यक्ष अमात्यले कानुनी सल्लाहकारमा सुमन विष्ट, महा सचिवमा सानेबाबु मुक्तान, कोषाध्यक्षमा विकास भण्डारी सचिवमा अनु स्याङ्तान, शाखा सम्पादकमा मोहन मान श्रेष्ठ लगायत अन्य पदमा पदभार ग्रहण गराएको वर्ष २०१८ का सञ्चार संयोजक जनक तामाङले जानकारी दिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष सानोभाई कार्की, समाजसेवी अच्युतम प्रसाद ढकाल, मातृ संस्था हेटौडका अध्यक्ष अरुण दाहाल, संस्थापक अध्यक्ष पुरुषोक्तम ढकाल, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम थाहा नगरपालिका १ पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको हलमा भएको हो । जेसि मनोज रायमाझीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रम नव निर्वाचित अध्यक्ष विजय श्याम अमात्यले समापन गर्नु भएको थियो ।



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।