nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ क्याम्पसमा नृत्य प्रतियोगिता, नविना प्रथम

campus-program-1697180992.jpg

थाहानगरको पालुङ बहुमुखी क्याम्पसमा २६ असोजमा स्वतन्त्र विद्यार्थी युनियनले एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । नजिकिँदै गरेको बडा दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसँगै जेसीज हलमा विद्यार्थीहरुबीच एकल नृत्य प्रतियोगिताको आयोजना गरिएको हो । 

स्ववियु सभापति पुस्कल श्रेष्ठको अध्यक्षता तथा थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्षसमेत रहेका प्रमुख अतिथि विष्टले पालुङ क्याम्पस उत्तरी मकवानपुरकै एक मात्र विश्वविद्यालयीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्था भएकोले यसलाई अझ क्षमतायुक्त बनाउन सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए । 

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुरेन्द्रमान प्रधानले पालुङ  क्याम्पसमा प्रायः विद्यार्थीहरुले छात्रवृत्ति पाउने गरेको र शान्त वातावरणममा प्राध्यापकहरुसँग प्रत्यक्ष अन्तरक्रिया गरी अध्ययन गर्ने वातावरण रहेकोले यसलाई एक अवसरको रुपमा लिएर वृत्ति विकासमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरे । 

त्यसैगरी क्याम्पस प्रमुख राजन मिश्रले सबैको सहयोग र समन्वयबाट क्याम्पसलाई अझ राम्रो बनाउने प्रतिवद्धता व्यक्त गरे । 

शुभकामना आदानप्रदानसँगै सञ्चालन भएको एकल नृत्य प्रतियोगितामा नविना अधिकारी, नम्रता गोपाली र मोनिका केसी क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । उनीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । 

कार्यक्रममा श्रीकृष्ण श्रेष्ठ र रोशन तामाङले प्रतियोगिताको निर्णायक भूमिका निर्वाह गरेका थिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)