Wednesday, 26th August, 2026
वि.स.

पत्रकार रुपक कालिराज सम्मानित

rupak-kaliraj-1541757421.jpg

थाहा कला केन्द्रले रेडियो सरोबरका समाचार प्रमुख रुपक कालिराजलाई सम्मान गरेको छ । तिहार विशेष बृहत सांस्कृतिक तथा सम्मान कार्यक्रमकोे अवसरमा कैलाश गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति समेत रहेका ठुलो कान्छा लामाले उनीलाई सम्मान पत्र तथा दोसल्ला ओडार सम्मान गरेका हुन् ।

पत्रकारिता क्षेत्रको माध्यामबाट यस क्षेत्रको भाषा, संस्कृति संरक्षण सम्र्बद्घन र जिवन रुपान्तरण साथै मकवानपुरको सम्रग विकासका लागि अतुलनिय रुपमा योगदान गरेको भन्दै थाहा कला केन्द्रले उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित कालिराज नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका कार्य समिति सदस्य समेत हुन् । कालिराज कला र संस्कृति तर्फ विशेष कलम चलाउँदै आएका छन् । कालिराज दामनपोष्ट डट कमका विशेष सम्वाददाता समेत हुन् । थाहा काल केन्द्रले हरेक बर्ष विभिन्न ५ विधामा सम्मान गर्दै आईरहेको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif