nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 12th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पत्रकार रुपक कालिराज सम्मानित

rupak-kaliraj-1541757421.jpg

थाहा कला केन्द्रले रेडियो सरोबरका समाचार प्रमुख रुपक कालिराजलाई सम्मान गरेको छ । तिहार विशेष बृहत सांस्कृतिक तथा सम्मान कार्यक्रमकोे अवसरमा कैलाश गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति समेत रहेका ठुलो कान्छा लामाले उनीलाई सम्मान पत्र तथा दोसल्ला ओडार सम्मान गरेका हुन् ।

पत्रकारिता क्षेत्रको माध्यामबाट यस क्षेत्रको भाषा, संस्कृति संरक्षण सम्र्बद्घन र जिवन रुपान्तरण साथै मकवानपुरको सम्रग विकासका लागि अतुलनिय रुपमा योगदान गरेको भन्दै थाहा कला केन्द्रले उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित कालिराज नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका कार्य समिति सदस्य समेत हुन् । कालिराज कला र संस्कृति तर्फ विशेष कलम चलाउँदै आएका छन् । कालिराज दामनपोष्ट डट कमका विशेष सम्वाददाता समेत हुन् । थाहा काल केन्द्रले हरेक बर्ष विभिन्न ५ विधामा सम्मान गर्दै आईरहेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)