Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपा सचिवालय बैठक शनिबार

1-1601624310.jpg

 नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठक शनिबार ९भोलि० का लागि बोलाइएको छ । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा शनिबार दिउँसो ४ बजे बालुवाटारमा सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

पार्टीभित्र मन्त्रिपरिषद् पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद भइरहँदा सचिवालय बैठक बोलाइएको हो । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष ओलीले पार्टीमा छलफल नै नगरि मुख्यसचिव सहित तीन देशमा राजदूत नियुक्ति गरेको भन्दै नेकपाका शीर्ष नेताहरु असन्तुष्ट छन् ।

यसअघि स्थायी कमिटी निर्णय र सचिवालयको छलफलअनुसार राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड बनाउने विषयमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल चलिरहेकै बेला प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्तिसम्बन्धी महत्त्वपूर्ण निर्णय एकलौटी गरेको भन्दै नेताहरु असन्तुष्ट भएका हुन् ।

सरकारले बिहीबार शंकरदास वैरागीलाई मुख्य सचिव नियुक्त गरेको थियो । यस्तै पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिका, निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र कपिलवस्तुका डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको लागि राजदूतमा सिफारिस गरेको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०