Monday, 21st September, 2026
वि.स.

नेकपा विवादबारे छलफल गर्न विष्णु पौडेल र बर्षमान पुन प्रचण्ड निवासमा

BBsaa-1604232339.jpg

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन्। १६ कात्तिक साँझ महासचिव पौडेल पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न प्रचण्डनिवास खुमलटार पुगेको स्रोतले बतायो।

उक्त छलफलमा नेता वर्षमान पुन पनि सहभागी रहेको स्रोतले जनाकारी दियो।  यसअघि दिउँसो महासचिव पौडेलले सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपाको एकीकृत र अविभाज्य अस्तित्वमा गम्भीर संकट उत्पन्न भएको बताए थिए।