Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपा मकवानपुर ओली पक्षद्वारा हेटौंडाका जनप्रतिनिधिहरुसंग छलफल

nekapa-(2)-1609169323.jpg

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले १३ पुसमा हेटौंडा उपमहानगरपालिकामा प्रतिनिधित्व गर्ने विभिन्न वडाका जनप्रतिनिधिहरुसंग छलफल गरेको छ । संस्थापन पक्षले पछिल्लो राजनैतिक घटनाक्रमका बारेमा नगरभीत्र प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुसंग छलफल गरेको हो । 

नेकपा जिल्ला कमिटी सचिवालय सदस्य गोपाल श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रिय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यता थियो । छलफलमा केन्द्रिय सदस्य रानाले पार्टी भित्रैबाट असहयोग भएपछि प्रधानमन्त्री ओली संसद बिघटन गरि मध्यावधि चुनाव गर्न बाध्य हुनुभएको बताएका थिए । प्रचण्ड र माधव नेपालको गलत प्रबृतिका कारण पाट्री अध्यक्ष एवम् प्रधानमन्त्रीले यस्तो कदम लिनुभएको भन्दै फेरी पनि भ्रम छर्ने काम भईरहेकोले यो विषयमा जनतामाझ छरिएको भ्रमहरु चिर्न जरुरी रहेको उनको भनाई थियो । पद र व्यक्तिगत स्वार्थ पुर्तिका लागि पाट्री भित्रैबाट प्रचण्ड र माधव नेपालबाट पटक पटक असहयोग भएपछि गलत प्रबृतिको विरुद्धमा प्रधानमन्त्री एवम् पाट्री अध्यक्ष ओलीले जनतामाझ जाने निर्णय लिनुभएको बताए । 

कार्यक्रममा अर्का केन्द्रिय सदस्य सुवासचन्द्र ठकुरीले एकीकरणको हर्ष बोकेर सुखि नेपाली समृद्ध नेपालको लक्ष्य बोकेर एकीकरणको मर्मलाई स्वीकार गरी अघि बढिरहेको परिवेशमा आफ्नै पार्टीका प्रथम अध्यक्ष जसले सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री केपि शर्मा ओलीप्रति घेरावन्दी गर्ने काम भएको बताए । उनले राष्ट्रपति तथा प्रधानमन्त्रीप्रति महाअभियोग तथा अविश्वासको प्रस्ताब पेस गर्ने जस्ता दृष्टता गर्न समेत पछि नपर्नुले व्यक्तिगत स्वार्थ र पदका लागि अत्यन्त निकृष्ट व्यवहार देखाउने काम प्रचण्ड र माधव नेपालले देखाएको बताए ।  

कार्यक्रममा अर्का केन्द्रिय सदस्य अनन्त पौडेलले पार्टी नेतृत्वलाई नै वदनाम गर्ने काम प्रचण्ड र माधव नेपालले गरेको प्रतिक्रिया दिए  । उनीहरु पदकै लागि सडकमा पुगेको उनको भनाइ थियो । नेपाल कम्युनिष्ट पार्टीको यथार्थ दृष्टिकोण, सिद्धान्त र कार्यदिशाका बारेमा जनता माझ जानुको विकल्प नभएकै कारण पाट्री अध्यक्ष एवम् प्रधानमन्त्रीले यस्तो कदम लिएको बताए । 

कार्यक्रममा अर्का केन्द्रिय सदस्य रघुनाथ खुलालले भ्रम चिर्न र पाट्री हितमा लाग्न सम्पूर्ण जनप्रतिनिधिहरुलाई आग्ह गरे । उनले केपी ओलीको नेतृत्वमा नै चुनाव जितेर करीब दुई तिहाईको सरकार बनेको भन्ने कुरालाई भुल्न नहुने भन्दै भूकम्प, नाकाबन्दी र महामारीमा ओलीको नेतृत्वमा भएका कामहरूलाई जनताले मुल्या«कन गर्ने बताए । विपत्तिमा पनि विकासका ठुला ठुला आयोजनाहरू बढाएर ओलीले जनताको विश्वास जितेको भन्दै ओलीको सफलतालाई डाह गर्नेहरूले नै ओलीलाई घेराबन्दी गरेको उनको भनाई थियो । पार्टी एकता देश र जनताको लागि आवश्यकता भएर भएको भए पनि स्वार्थ बोक्नेहरुले बाध्यतामा एकता गरेको भन्ने कुरा प्रष्ट देखिएको उनले बताए । देश र जनातको लागि पुन एक पटक सबै एक भएर लाग्नु पर्ने उनले बताए ।  

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य जुनेली श्रेष्ठ, नेकपा जिल्ला कार्यालय सदस्य एकलाल श्रेष्ठ, जिल्ला कमिटि सदस्य एवम् भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती राना, जिल्ला कमिटि सदस्य एवम् जिसस मकवानपुरका सदस्य देवराज रिमाल, गणेश कुमारी प्रधान, जिल्ला कमिटि सदस्य एवम् ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, ७ नम्बर वडाअध्यक्ष राजन थापा, ३ नम्बर वडा अध्यक्ष रामकुमार पुडासैनी, २ नम्बर वडा अध्यक्ष हरि राउत, ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, १० नम्बर वडा अध्यक्ष किताब सिंह लामा, ११ नम्बर अध्यक्ष गोकर्ण पराजुली, १४ नम्बर वडाअध्यक्ष दिपक खड्का, १७ नम्बर वडा अध्यक्ष भैरब राईलगायत वडासदस्यहरु, नगरकार्यपालिकाका सदस्य गरि १९ वटै वडाका जनप्रतिनिधिहरुको उपस्थिती थियो । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०