Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपा मकवानपुरको हेटौंडामा कार्यकर्ता भेला गर्ने

Nekapa-1609339348.png

नेकपा मकवानपुरले १६ पुसमा हेटौंडामा कार्यकर्ता भेला गर्ने भएको छ ।

नेकपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम हुन लागेको नेकपा मकवानपुरले जनाएको छ ।  नेकपा मकवानपुरको मोर्चा संगठनहरुको संयुक्त आयोजनामा बिहीबार हेटौंडामा कार्यकर्ता भेला गर्न लागिएको हो ।

कार्यक्रममा युवासंघका केन्द्रीय सहसंयोजक रमेश पौडेलको सहभागिता रहने जनाएको छ । नेकपा सम्बद्ध युवा संघ, अनेम संघ, अनेरास्ववीयु, खेलकुद महासंघ मजदुर संगठन र किसान संगठनको संयुक्त आब्हानमा भेला आयोजना गरिएको युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए ।

सबै संगठनका अध्यक्षहरुको सामूहीक बैठकले भेला आयोजना गर्ने निर्णय गरेकोले भेलामा सहभागीताका लागि अनुरोध गरिएको चौलागाईले बताए ।