nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपा अध्यक्ष दाहाल(राष्ट्रपति भण्डारी भेटघाट, के भयो छलफल ?

dahal_bhandari_1605616815-1605628504.jpg

सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्। भोलिका लागि बोलाइएको पार्टी सचिवालयको बैठक बस्ने वा रोक्ने भन्ने विषयमा नै प्रधानमन्त्री केपी ओली र इतर पक्षबीच एकमत हुन नसकेका बेला दाहाल राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन्। 

यसअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि पटक पटक राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतलनिवास पुग्ने गरेका थिए। मंगलबार मात्रै अर्थमन्त्री समेत रहेका पार्टीका महासचिव विष्णु पौडेल प्रधानमन्त्री ओलीका तर्फबाट भोलिका लागि बोलाइएको सचिवालय रोक्ने विषयमा छलफल गर्नका लागि दाहाल निवास खुमलटार पुगेका थिए। स्रोतका अनुसार पौडेलले नै दाहाललाई जसरी पनि भोलिका लागि बोलाइएको बैठक रोक्न आग्रह गरेका थिए। दाहालले रोक्न सक्ने अवस्था नरहेको भनेपछि पौडेलले नै दाहाललाई एक पटक राष्ट्रपतिसँग छलफल गर्न सुझाएका थिए।

बुधबारका लागि बोलाइएको नेकपा सचिवालयको बैठक अध्यक्ष ओलीले सार्ने प्रयासका रूपमा अध्यक्ष दाहाल र राष्ट्रपति भण्डारीबीच छलफल हुनसक्ने दाहालको सचिवालयले बताएको छ। ओली दाहालले बुझाएको एकल प्रस्ताव फिर्ता नगरेसम्म बैठक नबस्ने प्रयास गरिरहेका छन् भने ओलीइतर पक्ष दाहालले पेश गरेको प्रस्ताव फिर्ता नलिने अडानमा छ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)