nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपाको सचिवालय बैठक शुरु

nekapa-1605686510.jpg

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । यस अघि बुधबारको बैठक सार्न पहल गरेका प्रधानमन्त्री ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असहमति जनाएपछि अन्ततस् सहभागी भएका हुन् ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई कार्तिक २८ गते पेश गरेको १९ पेजको प्रतिवेदन फिर्ता गर्न आग्रह गर्ने बुझिएको छ । साथै आजको बैठक केहिसमय बसेर केहिदिनका लागि स्थगित हुने अनुमान गरिएको छ । बैठकअघि प्रधानमन्त्री ओलीले बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका थिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)