Monday, 15th June, 2026
वि.स.

निको भएका व्यक्तिमा पुनः कोरोना पोजिटिभ देखिनु रोग दोहोरिनु होइनः डब्ल्यूएचओ

WHO-1589036226.jpg

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड-१९) संक्रमण निको भइसकेका व्यक्तिको नमुना परीक्षण गर्दा पुनः पोजिटिभ रिपोर्ट आउनु ऊ फेरि कोरोनाबाट संक्रमित भएको भन्न नमिल्ने बताएको छ।

निको भएका व्यक्तिको फलोअप जाँच गर्दा पीसीआर रिपोर्टमा पुनः कोरोना पोजेटिभ देखिनुको कारण फोक्सोको मृत कोषिकामा देखिएका मृत भाइरल भएको उसको भनाइ छ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले आफ्नो देशमा कोरोनामुक्त भएका सयभन्दा बढी व्यक्तिको नमुना पुनः परीक्षण गर्दा नतिजा पोजिटिभ आएको जानकारी गराएपछि डब्ल्यूएचओले यसबारे स्पष्ट पारेको हो।

नेपालमा पनि कोरोना निको भएका ३ जनाको फलोअप जाँच गर्दा रिपोर्ट पोजिटिभ आएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार डब्ल्यूएचओका प्रवक्ता क्रिस्टिएन लिन्डमायरले एएफपीसँग कुरा गर्दै केही बिरामी स्वास्थ्य अवस्थाका हिसाबले निको भए नमुना पुनः परीक्षण गर्दा नतिजा पोजिटिभ आएको जानकारी प्राप्त भएको बताएका छन्।