Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

'दुई तिहाइ' सरकारलाई धिक्कार्दै बेलकाकी उपमेयरद्वारा राजीनामा !

rajkumari-chaudhary-1595440400.jpg

बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्।

७ साउन साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत चौधरीले यसबारे जानकारी गराएकी हुन्।  फेसबुकमा उनले लेखेकी छन् ‘म उपमेयर पद पार्टीलाई हस्तान्तरण  गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु। ‘कालो कर्तुतहरुको विषयमा कार्यान्वयन नभएको र दुई तिहाइको सरकार धिक्कारेको छु।  

कर्मचारी को विषयमा विवाद भएकाले उपमेयर चौधरीको उत्तेजनात्मक प्रतिक्रिया आएको स्थानीयले बताएका छन्। चौधरी तत्कालीन नेकपा एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएकी थिइन्।