Sunday, 14th June, 2026
वि.स.

थाहा ८ देवीस्थानमा एक दिने अगुवा कृषक घुम्ती तालीम

मकवानपुर थाहा नगरपालिका वडा नं. ८ देवीस्थानमा एक दिने अगुवा कृषक घुम्ती तालीम सम्पन्न भएको छ ।

वन विज्ञान विश्व विद्यालय अनुसन्धान तथा प्रसार निर्देशनालय कृषि विज्ञान केन्द्र थाहा नगरपालिका ओखबजार बजारको आयोजनामा १४ चैत्रमा अंगारेमा तालिम सम्पन्न भएको हो ।

तालिममा २ नम्बर वडाका ३१ जना अगुवा कृषकहरुको सहभागिता रहेको थियो । ट्रेमा नर्सरी क्याड उत्पादन सम्बन्धी सो तालिमको सहजीकरण कृषि वन विज्ञान विश्व विद्यालय अनुसन्धान तथा प्रसार निर्देशनालय कृषि विज्ञान केन्द्र थाहा नगरपालिका ओखबजार बजारकी कृषि प्राविधिक संगिता कार्कीले गरेकी थिइन् । कृषि विज्ञान केन्द्रले चालु आर्थिक वर्षमा थाहानगरको १२ वटै वडामा यस मिसिमको तालिम संचालन गर्ने जनाएको छ ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०