Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा-४ मा एकै दिन एमालेकाे दुईवटा टाेल-भेला

IMG_20211216_204010-1639667541.jpg

नेकपा एमालेले थाहानगरका विभिन्न वडाहरुमा वडा कार्यालय स्थापना र संगठन विस्तारलाई तिव्रता दिएकाे छ  । २९ मंसिरमा कार्यालय उद्घाटन गरेकाे ४ नम्बर वडा कमिटीले त्यसकाे भाेलिपल्ट १ पुसमा एकै दिन दुईवटा टाेलमा भेला  आयाेजना गरी कमिटीहरु निर्माण गरेकाे छ ।  

वडाकाे फापरबारी र जुरेथुममा छुट्टाछुट्टै टाेल भेला गरी पार्टी, अनेमसंघ र युवा कमिटी गठन गरिएकाे नेकपा एमाले वडा नम्बर ४ का वडा इन्चार्ज जीतबहादुर थाेकरले जानकारी दिए । 

पार्टीको वडा कमिटी अध्यक्ष रामराजा केसीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला कमिटी सदस्य नारायण बल, संजीव बल, नगर सचिब कुमार नेगी, नगर सचिवालय सदस्य जीतबहादुर थाेकर, नगर सदस्यहरु अच्युत केसी, चमेली बल, चरिमाया बल लगायतकाे सहभागिता रहेकाे थियाे । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

IMG_20211216_204010-1639667543.jpg