nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरपालिकाबाट कति जना इजरायल गएका छन् ? यस्तो छ तथ्याङ्क

thaha-building-1696939534.jpg

हमास समूहको आक्रमणमा परी इजरायलमा १० जना नेपालीको ज्यान गयो । युद्ध प्रभावित क्षेत्रमा रहेका अन्य नेपालीहरुको अवस्था र विवरण सार्वजनिक हुन थालेका छन् । सरकारले इजरायलमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउन भनिरहेको छ । त्यहाँ करिब ४५०० नेपालीहरु रहेको बताइएको छ । 

इजरायलको दर्दनाक घटना सुने÷हेरेपछि नेपालमा स्थानीय सरकारहरुले आ–आफ्नो पालिकाबाट इजरायल गएका व्यक्तिहरुको विवरण सङ्कलन शुरु गरेका छन् । थाहा नगरपालिकाका विभिन्न वडा कार्यालयहरुले सार्वजनिक सूचना जारी गरेर इजरायलमा रहेका आफ्नो वडाका व्यक्तिहरुको विवरणको लागि आग्रह गरेको पाइएको छ । 

यस्तो छ थाहानगरको तथ्याङ्क
थाहा नगरपालिकाले गत आर्थिक वर्ष २०७९।८० मा थाहा नगरपालिकाको वैदेशिक रोजगारीको अवस्थाबारे अनुसन्धानात्मक कार्य सम्पन्न गरेको थियो । जसअन्तर्गत् वैदेशिक रोजगारीमा रहेका र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको विवरण सङ्कलन गरी विश्लेषण गरिएको थियो । 
२०७९ को असोज–कात्तिक महिनामा सङ्कलन गरिएको विवरणहरुमा आधारित प्रतिवेदन अनुसार थाहा नगरपालिकाबाट इजरायलमा कुनै पनि व्यक्ति नरहेको पाइएको छ । प्रतिवेदन अनुसार थाहा नगरपालिकाका १३९८ युवाहरु वैदेशिक रोजगारीमा रहेका छन् । 

थाहा नगरपालिकाबाट वैदेशिक रोजगारमा रहेका व्यक्तिहरुको मुख्य गन्तव्य मलेसिया र खाडी मुलुक रहेको पाइएको छ । सबैभन्दा बढी यू.ए.ई÷दुवईमा ३०४ जना (२२ प्रतिशत) युवाहरु कार्यरत रहेको देखिन्छ । त्यसपछि क्रमशः साउदी अरबमा २५० जना (१८प्रतिशत), मलेसिया १७१ जना(१२ प्रतिशत) र कतारमा १३० जना(९ प्रतिशत) रहेका छन् । थाहा नगरपालिकाबाट जापानमा ११८ सङ्ख्यामा(८ प्रतिशत) गएको देखिन्छ । त्यसपछि अष्ट्रेलियामा ७८ जना (६ प्रतिशत), कुवेतमा ७३ जना(५ प्रतिशत), अमेरिकामा ६४ जना(५ प्रतिशत) र कोरियामा ३५ जना(२ प्रतिशत) गएको तथ्याङ्कले देखाएको  छ । 

थाहा नगरपालिकाका रोजगार संयोजक कुमार नेगीका अनुसार  थाहा नगरपालिकाबाट ओमानमा ७ जना, क्यानडामा ७ जना, चीनमा १ जना, जोर्डनमा १० जना र पोर्चुगलमा १० जना व्यक्तिहरु गएका छन् । त्यसैगरी ३ जना पोल्याण्ड पुगेका छन् भने ९ जना बहराइनमा रोजगारी गरिरहेका छन् । माल्टामा ११ जना थाहा नगरपालिकाका व्यक्तिहरुले काम गरिरहेको तथ्याङ्क छ । 

थाहा नगरपालिकाको वैदेशिक रोजगारीको प्रतिवेदन अनुसार इजरायलमा थाहा नगरपालिकाका व्यक्तिहरु रहेको नदेखिए पनि   तथ्याङ्क सङ्कलनको क्रममा १३९८ जनामध्ये ५० जना सूचनादाताले ‘अन्य देश’ भन्ने सूचना दिएका थिए । यसरी अन्य देश भनी सूचना दिनेहरु वडा नं. १ का १ जना, २ का ४ जना, ३ का १२ जना, ४ का १ जना, ५ का १ जना र ६ का ४ जना रहेका छन् ।

त्यसैगरी अन्य देश भनी सूचना दिनेहरु वडा नं. ७ का ४ जना, ८ का ७ जना, ९ का ४ जना, १० का ३ जना, ११ का १ जना र १२ का ९ जना रहेका छन् । अन्य देश अन्तर्गत् ६ जना अध्ययनको लागि, ४ जना ब्रिटिश सेना तथा सिंगापुर प्रहरी र २ जनाले डिपेन्डेन्ट भनी बताएको नेगीले जानकारी दिए ।

‘अन्य देश’ अन्तर्गत् थाहा नगरको कुनै व्यक्ति इजराइलमा रहेको भएमा उनीहरुको व्यक्तिगत विवरण र परिवारको सम्पर्क नम्बर समेत नगरपालिकामा रहेकोले पत्ता लगाउन सकिने नेगीको भनाइ रहेको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)