nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा–९ मा माओवादीका बलामी वडा अध्यक्ष निर्वाचित, ३ सदस्य एमाले, १ सदस्य माओवादी (हेर्नुहोस् सबै उमेदवारको मत विवरण) 

antim-parinam-1652730478-1652775012.jpg

थाहा नगरपालिकाको वडा नं. ९ मा जस्तो २०७४ को स्थानीय निर्वाचनमा भएको थियो, यसपटक पनि झण्डै त्यही भएको  छ । उक्त वडामा खसेका मतहरुको अन्तिम गणना गर्दा वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजकुमार बलामी निर्वाचित भएका छन् । यसपटक थाहा ९ मा माओवादीले वडा अध्यक्षसहित एक महिला सदस्य जितेको छ ।

वडा अध्यक्ष निर्वाचित बलामीले ७७८ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामकृष्ण बस्नेतले ६५६ मत प्राप्त गरे । थाहा–९ मा काँग्रेस तेस्रो भयो । प्राप्त विवरण अनुसार काँग्रेसका वडा अध्यक्ष उमेदवार देवकुमार श्रेष्ठले ४९४ मत प्राप्त गरेका छन् । 

थाहा ९ मा वडा सदस्यहरुमा नेकपा एमालेका रमेश बलामी, रामकृष्ण कपाली र सानुमैया विश्वकर्मा निर्वाचित भएका छन् । बलामीले ७०६,  कपालीले ६२७ र विश्वकर्माले ७१७ मत प्राप्त गरेका छन् ।

माओवादीबाट महिला सदस्य पदमा अञ्जु श्रेष्ठ निर्वाचित भएकी छिन् । उनको मत ७३४ रहेको छ ।  

हेर्नुहोस् थाहा ९ मा कसले कति मत पाए ?

वडा अध्यक्ष

  • राज कुमार बलामी    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  : ७७८    निर्वाचित
  • राम कृष्ण बस्नेत    नेपाल कम्युनिष्ट पार्टी (एमाले)   :  ६५६    
  • देब कुमार श्रेष्ठ     नेपाली काँग्रेस   :  ४९४    
  • पुण्य मान बलामी    राष्ट्रिय प्रजातन्त्र पार्टी  :  ४८    
  • सरोज कुमार रेग्मी    स्वतन्त्र   :  १६

खुल्ला सदस्य

  • रमेश बलामी    नेपाल कम्युनिष्ट पार्टी (एमाले)    ७०६    निर्वाचित
  • रामकृष्ण कपाली नेपाल कम्युनिष्ट पार्टी (एमाले) ६२७    निर्वाचित
  • श्याम कृण्ण बलामी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)     ५९९    
  • निरन्जन घोले    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ५५४    
  • सम्राट बलामी नेपाली काँग्रेस ४९२    
  • रामकृष्ण लामिछाने राष्ट्रिय प्रजातन्त्र पार्टी ३५६    
  • सानु बाबु लामा     नेपाली काँग्रेस     ३१०    
  • पूर्ण सिं तामाङ्ग लामा    राष्ट्रिय प्रजातन्त्र पार्टी    ७३

महिला सदस्य

  • अन्जु श्रेष्ठ    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ७३४    निर्वाचित
  • राम माया लामा(छुमी)    नेपाल कम्युनिष्ट पार्टी (एमाले) ६८३    
  • भावना गमाल    नेपाली काँग्रेस    ४६४    
  • विनिता कपाली     महिला    राष्ट्रिय प्रजातन्त्र पार्टी ५५

दलित महिला सदस्य

  • सानु मैया विश्वकर्मा    नेपाल कम्युनिष्ट पार्टी (एमाले)    ७१७    निर्वाचित
  • विष्णु वि.क. नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)    ६८७    
  • पर्मिला विश्वकर्मा नेपाली काँग्रेस ४३४    
  • मिठु विश्वकर्मा राष्ट्रिय प्रजातन्त्र पार्टी     ६७        
     


https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)