nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 20th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा–२ मा मतगणना जारी, वडा अध्यक्षमा एमालेको अग्रता

nirbachan-2079-1652534061.jpg

स्थानीय तह निर्वाचन अन्तर्गत् थाहा नगरपालिका वडा नम्बर २ को मतगणना  जारी छ । अहिलेसम्म ३०० मत गन्दा एमालेले अग्रता लिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय थाहानगरले दिएको जानकारी अनुसार वडा नम्बर २ मा ३०० मत गन्दा मेयरमा नेकपा एमालेका अच्युत्तमप्रसाद ढकालले १६२ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विष्टले ८२ मत पाएका छन् । त्यस्तै, राप्रपाको ४ र मङ्गोल नेशनल अर्गनाइजेशनको ३ मत प्राप्त भएको छ । 

उपमेयरमा नेपाली काङ्ग्रेसका भरत गोपालीले १३० मत ल्याउँदा नेकपा एमालेकी कल्पना बलामीले ११२ मत प्राप्त गरेकी छन् । राप्रपाको ४ मत रहेको छ ।

वडाध्यक्षमा एमालेको अग्रता छ । नेकपा एमालेका वडा अध्यक्ष उमेदवार गुप्तबहादुर कार्कीले १०७ मत ल्याएका छन् भने अहिलेसम्म नेकपा माओवादी केन्द्रका बमबहादुर सिन्तानको  ८७ र नेपाली काँग्रेसका नवराज लामाको ८४ मत रहेको छ । त्यस्तै राप्रपाको २ र मङ्गोल नेशनल अर्गनाइजेशनको १ मत रहेको छ । ३०० मत गन्दा वडा अध्यक्षमा नेकपा एसले खाता खोल्न सकेको छैन । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)