nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा–१ मा १५०० मत गन्दा नकेपा माओवादी केन्द्र ४ मतले अगाडि, मेयर/उमपेयरमा गठबन्धनको अग्रता कायमै 

nirbachan-2079-1652514142.jpg

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत् थाहा नगरपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । पछिल्लोपटक १५०० मत गन्दा माओवादीका वडाध्यक्ष उमेदवार हेरमान गोपालीले एमालेभन्दा ४ मतले अग्रता लिएका हुन् ।

पछिल्लो परिणाम अनुसार थाहाको वडा नम्बर १ मा खसेको कूल २१०७ मतमध्ये १५०० मत गन्दा नेकपा एमालेका वडा अध्यक्षका उमेदवार प्रदिप प्रधानले ५४० मत प्राप्त गरेका छन् भने उनलाई ४ मतले उछिनेर नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उमेदवार गोपालीले ५४४ मत प्राप्त गरेका छन् ।

१५०० मत गन्दा गठबन्धनको तर्फबाट माओवादीका मेयर पदका उमेदवार विष्णु विष्टले ७९४ मत प्राप्त गरेका छन् भने उपमेयरमा नेपाली काँग्रेसका भरत गोपालीले ७१८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका मेयरका उमेदवार अच्युत्तमप्रसाद ढकालले ५०९ मत प्राप्त गर्दा उपमेयरकी उमेदवार कल्पना बलामीले ५३८ मत प्राप्त गरेकी छन् ।

थाहा–३ स्थित पालुङ बहुमुखी क्याम्पसमा मतगणना भइरहेको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)