nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा–१० मा एमालेले एकल जित निकाल्यो, हिराबहादुर गमाल वडा अध्यक्ष निर्वाचित (हेर्नुहोस् सबै उमेदवारको मत ) 

antim-parinam-1652730478-1652782374.jpg

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत् थाहा नगरपालिका वडा नम्बर १० मा नेकपा एमालेले जित निकालेको छ । एमालेको तर्फबाट वडा अध्यक्ष पदमा उमेदवारी दिएका हिराबहादुर गमाल पुनः वडा अध्यक्ष निर्वाचित भएका छन् ।

यसअघि पनि गमाल सोही वडाको वडा अध्यक्ष रहेका थिए । गमालले ६५३ मत सहित वडा अध्यक्ष जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामकृष्ण गमालले ६२२ मत पाएका छन् ।

थाहा १० मा नेकपा माओवादीको स्थान तेस्रो रहेको छ । माओवादीका वडा अध्यक्ष उमेदवार मंगलाल गोपालीले ३५३ मत ल्याएका छन् ।

थाहा १०  मा आगामी ५ वर्षका लागि सदस्यहरुमा सर्मिला बस्नेत(६६७), भक्ति परियार(६८७), उत्तम गोपाली(६८६) र विनोदकुमार बस्नेत(६४४) निर्वाचित भएका छन् । 

हेर्नुहोस् थाहा १०मा कसले कति मत पाए ?
वडा अध्यक्ष

  • हिरा बहादुर गमाल    नेपाल कम्युनिष्ट पार्टी (एमाले)   : ६५३    निर्वाचित
  • राम कृष्ण गमाल    नेपाली काँग्रेस  :   ६२२    
  • मंग लाल गोपाली  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : ३५३    

सदस्य

  • उत्तम गोपाली     नेपाल कम्युनिष्ट पार्टी (एमाले)  : ६८६    निर्वाचित
  • विनोद कुमार बस्नेत    नेपाल कम्युनिष्ट पार्टी (एमाले)   : ६४४     निर्वाचित
  • जीवन गमाल    नेपाली काँग्रेस  :  ५८३    
  • लड्डु राम थापा    नेपाली काँग्रेस  :  ५७९    
  • आत्मराम महत     नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  : ३३६    
  • रचन बलामी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : ३२६    

महिला सदस्य

  • शर्मिला बस्नेत    नेपाल कम्युनिष्ट पार्टी (एमाले) :   ६६७     निर्वाचित
  • रजनी गोपाली    नेपाली काँग्रेस    : ५८३    
  • सुशिला गोपाली     नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  : ३६८

दलित महिला सदस्य

  • भक्ति परियार    नेपाल कम्युनिष्ट पार्टी (एमाले)   :  ६८७    निर्वाचित
  • केशरी नेपाली    नेपाली काँग्रेस   :  ५७४    
  • शान्ती वि क    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : ३५५


https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)