nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा नगरिकता शिवर हुने, गोगने र डाँडाखर्कका बासिन्दाले पनि सेवा लिन सक्ने

nepali-nagarikata_citizen-1525169945.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा यहि बैशाख २१ र २२ गते थाहा नगरपालिकामा नागरिकता शिविर सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय र थाहा नगरपालिकाको समन्वयमा नगरका आम जनसमुदायहरुको समस्यालाई मध्यनजर गर्दै शिविर गर्न लागिएको नगरप्रमुख लबसेर बिष्टले बताए । नागरिकता शिविरको लागि कुनकुन वडालाई कुन दिन समेट्ने भनि तालिका बनाउन बाँकी नै रहेको छ भने शिविरमा थाहा नगरपालिकाका १२ वटै वडा र कैलाश गाउँपालिकाको ४ नं वडाको गोगने र डाँडाखर्कका जन समुदायले पनि सेवा लिन सकिने बताइएको छ । थाहा नगरपालिका संग जोडिएर रहेको हुनाले थाहा नगरपालिकाको शिविर मार्फत नै सेवा लिन नजिक र सहज हुने भएकाले शिविरमा गोगने र डाँडाखर्क पनि समेटिएको नगरप्रमुख बिष्टले बताए ।
नगरप्रमुखका अनुसार नगरमा भएका एकल महिला, टुहुरो, आमाबाबु नभएका लगायतका नागरिकहरुलाई स्थानिय जनप्रतिनिधिहरुकोे रोहवरमा आफन्त तथा आफ्ना पुस्ताहरुको साथमा नागरिकता उपलब्ध गराउन सकिने जनाइएको छ । नेपालको सन्दर्भमा हरेक नेपाली नागरिकले १६ बर्ष पुरा भएपछि आफु नेपालकोे नागरिक हुँ भन्नका लागि पहिचान स्वारुप जिल्ला प्रशासन कार्यालय मार्फत आवश्यक प्रक्रिया पुरा गरि नागरिकता लिन सक्दछन ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।