nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

घरमै बसीबसी विद्युत महशुल बुझाउन सकिने

CV-NEA-1528261558.jpg

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रका ग्राहकहरुले अब घरमै बसीबसी विद्युत महश्ुल बुझाउन पाउने भएका छन् । वितरण केन्द्रले ग्राहकको सुविधाको लागि अनलाईन प्रविधिबाट विद्युत महशुल भुक्तानी गर्न सकिने व्यवस्था शुरु गरेको हो ।

विद्युत प्राधिकरणका ग्राहकले अब विद्युत महशुल भुक्तानी गर्न पालुङ वितरण केन्द्र वा मार्खुमा राखिने घुम्ती काउण्टर धाउनुपर्ने बाध्यात्मक अवस्था हटेको पालुङ वितरण केन्द्रका प्रमूख सन्तोष प्रसाद पन्तले बताए । ईपा पञ्चकन्यादेखि गोगने डाँडाखर्कसम्म कार्यक्षेत्र रहेको पालुङ वितरण केन्द्रका ग्राहकलाई विद्युत महशुल भुक्तानी गर्न निकै कठिन थियो ।

प्रविधीको विकाससँगै अनलाईन सेवा शुरु भएपछि भौगोलिक रुपमा टाढा भएका र अन्य कामले व्यस्त हुने ग्राहकलाई विशेष सुविधा मिल्ने विश्वास प्राधिकरण पालुङ वितरण केन्द्रले लिएको छ । भौगोलिक विकटताका कारण नियमित विद्युत महशुल बुझाउन नपाएको जनगुनासो बढिरहेकाले ग्राहकको सुविधाका लागि यो सेवा शुरु गरिएको प्राधिकराणले जनाएको छ ।

यस्तो छ, अनलाईन भुक्तानी गर्ने तरिका

  • सर्वप्रथम माथिका बैंक वा सर्भिस सेन्टरहरु मध्ये आफ्नो अनुकुल बैंक वा सर्भिस सेन्टरको एप्स डाउनलोड गर्ने ।
  • NEA को लोगोमा थिच्ने ।
  • NEA Counter वा सो साइडमा थिच्ने र आफुले रकम तिर्ने शाखामा पालुङ छान्ने ।
  • SC No भनेको ग्राहक नम्बर हाे (जस्तै ००२.२०.००५) टाइप गर्ने ।
  • Customer ID भनेको ग्राहकको ID हो ,जस्तै ५८१६ टाइप गर्ने ।
  • बैक वा सर्भिस सेन्टरमा Submit गर्ने ।


https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)