nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा अटोको दादागिरी कायमै, झन क्षमताभन्दा बढि यात्रु बोक्न थाले

थाहा नगरपालिका क्षेत्रमा संचालनमा रहेका अटोहरुले मनलाग्दी भाडा असुली रहेको खबर आइरहेको सन्दर्भमा थप अर्को जोखिम बढेको छ । अटो चालकहरुले सावरीको क्षमताभन्दा बढि यात्रु बोक्न थालेका छन् । अहिले नगरमा संचालनमा रहेका अधिकांश अटोहरुको यात्र् क्षमता तीनजना रहेको भएपनि ८ जनासम्म यात्रु बोकेको पाइएको छ । 

अटोमा चालक बस्ने सिटमा समेत अरु २ जना यात्रु रराख्ने गरेको पाइएको छ । धेरै पैसा कमाउने निहुँमा जात्रुको ज्यान नै धरापमा राखेर यात्रा गर्न बाध्य छन् । एक यात्रुले भने–‘किन यति धेरै यात्रु राखेको भनेर प्रश्न गर्दा, त्यसोभए तपाई सप्पैको पैसा दिनूस्, तपाइलाई मात्र बोक्छु भनेर चालकले जवाफ लाए ।’ 
पालुङ प्रहरी चौकी पुगेपछि यात्रु ठीक्क बोक्ने र पुल पारी पुगेर खँचाखँच बनाइन्छ । यता, अटो चालकहरुले नेपाल बैंकबाट यात्रु खाँदेर शिखरकोटतिर जाने गरेको देखिएको छ । 

पछिल्लो समय क्षमता भन्दा बढि यात्रु बोक्न थालेको अटो दुर्घटना भए यात्रु बीमाको सवाल समेत उठ्न थालेको छ ।  यात्रुलाई जोखिममा राख्दै बढि भाडा असुलीरहेको अटोलाई नियमन गर्ने निकाय, ट्राफिक प्रहरी र थाहा नगरपालिकाले कारबाही गर्न हिच्किचाएको स्थानीय यात्रुहरुको आरोप छ । 

र, यो पनि पढ्नुहोस्:

यस्तो छ थाहानगरमा अटोको दादागिरी, भाडामा मनपरी



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)