Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको १२ वटै वडामा एमालेको कार्यालय, एकै दिन उद्घाटन गरिने

cpn-uml-1635869030.jpg

थाहा नगरपालिकाको १२ वटै वडामा एमालेले वडा पार्टी कार्यालय स्थापना गर्ने भएको छ । १६ कात्तिकमा बसेको वडा पार्टी अध्यक्ष तथा सचिवहरुको बैठकले थाहानगरको सबै वडामा कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । 

तिहारलगत्तै वडा कमिटीहरुको बैठक बसेर पायक पर्ने स्थानमा कार्यालय स्थापनाको निर्णय गर्ने र ११ मंसिर शनिबारका दिन सबै वडा कार्यालयहरुको एक साथ उद्घाटन गरिने एमाले थाहानगरका अध्यक्ष अच्युत्तमप्रसाद ढकालले जानकारी दिए  । 

थाहा नगरमा गत ६ कात्तिकमा एमालेको वडा अधिवेशनबाट वडा कमिटीहरु निर्वाचित भएपछि पहिलोपटक नगर कमिटीसँग बैठक बसेर वडामै कार्यालय स्थापना गरेर वडावडामा व्यापक परिचालित हुने प्रतिवद्धता व्यक्त गरेका हुन् । 

एमाले नगर अध्यक्ष ढकालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका वडा अध्यक्षहरुले वडाहरुको राजनीतिक अवस्थाको बारेमा सुक्ष्म विश्लेषणात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा एमाले जिल्ला सदस्य बिमलकुमार ढकाल, जिल्ला सदस्य सगुनकुमार ढकाल, थाहा नगर कमिटीका उपाध्यक्ष हेमकुमार थिङ, सचिब कुमार नेगी लगायतको सहभागिता रहेको थियो । 


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०