nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको आइतबारे डाँडामा कार्कीबन्धुहरुको भेला 

54730567_506841966509527_-1553481315.jpg

थाहा नगरपालिका वडा नं. ४ मा रहेको आइतबारे डाँडा धार्मिक क्षेत्रमा कार्की बन्धुहरुको भेला भएको छ । 

नजिकिदै गरेको कुल पुजाको विषयमा छलफल गर्नका लागि भेला भएको हो । कार्की बन्धुका अध्यक्ष टंक बहादुर कार्कीको अध्यक्षतामा भएको भेलामा जेठ पूर्णिमामा हुने कmु पुजाको विषयमा वृहत्त छलफल भएको थियो । कुल पुजा स्थलमा ट्रष्ट निर्माण गर्ने भेलाले निर्णय गरेको छ । निर्माणका लागि प्रतिघरधुरी १ हजार रुपियाँका दरले रकम संकलन गर्ने निर्णय भएको छ । कार्की गुठमा ८५ भन्दा बढि घरधुरी आवद्धछन् ।

भेलाले कुल पुजास्थल आइतबारे डाँडाको क्षेत्र एकीन गरी उक्त क्षेत्र संरक्षणका लागि नगरपालिकासंग अनुमति माग्ने निर्णय गरेको छ ।  परम्परादेखि पुजा गर्दै आएको क्षेत्रको संरक्षण गर्न नगरपालिकासंग क्षेत्रफल नै एकिन गरी तारबार गरिने समितिले जनाएको छ । 

छलफलमा आइतबारे डाँडामा शोचालय र धाराको समेत व्यवस्था गरिने भएको छ ।