Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका थप दुई जना एमाले जिल्ला कमिटी सदस्यमा मनोनित

sanjib-narayan-1639815569.jpg

नेकपा माओवादी केन्द्रबाट तीन महिना अघि एमालेमा प्रवेश गरेका थाहा नगरपालिकाका दुई जनालाई एमाले जिल्ला कमिटी सदस्यमा मनोनित गरिएको छ । 

गत १३ असोजमा एमाले प्रवेश गरेका नारायण बल तथा संजिव बललाई २ पुसमा हेटौँडामा बसेको एमाले सचिवालय बैठकले जिल्ला सदस्यमा मनोतिन गरेको हो । 

माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य बरिना बल एमाले प्रवेश गरेसँगै थाहानगरका नारायण बल, संजिब बल लगायत दर्जनौँ नेता कार्यकर्ता माओवादी परित्याग गरी एमाले प्रवेश गरेका थिए । उनीहरुलाई एमाले नेता महेश बस्नेतले जेसीज हलमा आयोजित एक भव्य कार्यक्रमबीच पार्टीमा स्वागत गरेका थिए ।

माओवादी केन्द्रका पूर्व जिल्ला सदस्य रहेका दुबैजना एमाले प्रवेश गरेपछि जिल्ला नेताकै हैसियतमा एमालेमा सक्रिय रहँदै आएका छन् । 

थाहानगरका थप दुई जना जिल्ला कमिटी सदस्यमा मनोनित भएपछि अब थाहाबाट एमालेको जिल्लामा प्रतिनिधित्व गर्नेहरुको सङ्ख्या २१ पुगेको छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०