Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका कार्की शिक्षक संगठनको केन्द्रिय सदस्यमा मनोनयन

rajram-1612926697.jpg

मकवानपुर थाहानगरका राजाराम कार्की एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रिय सदस्यमा मनोनयन भएका छन् । कार्की एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला उपाध्यक्ष तथा थाहानगर शिक्षक महासंघ अध्यक्ष हुन ।

एकीकृत नेपाल शिक्षक संगठनको २५ र २६ माघमा काठमाण्डौको बुद्धनगरमा सम्पन्न प्रथम राष्ट्रिय परिषद् भेलाले कार्कीलाई केन्द्रिय सदस्यमा चयन गरेको हो । परिषद भेलामा ७७ वटै जिल्ला तथा सातै प्रदेशका शिक्षक प्रतिनीधिहरुको सहभागिता रहेको थियो । 

भेलामा नेकपाका नेताहरु पुष्प कमल दाहाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, लिालामणी पोख्रेल, नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सह अध्यक्ष पुर्णचन्द्र दवाडीलगायतले सम्बोधन गरेका थिए । 


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०