Tuesday, 16th June, 2026
वि.स.

थप २७४ जनामा कोरोना संक्रमण, २२७ जना डिस्चार्ज

gautam-1596108564.jpg

 नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण भएको हो ।

बिहीबार डिस्चार्ज हुनेको संख्या २२७ रहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२७ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा १३ हजार २०१ जना रहेका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०