Monday, 15th June, 2026
वि.स.

तेलको ट्यांकरमा लागु औषध ल्याउने थाहा नगरका एक सहित, २ जना पक्राउ

P-1588238099.jpg

 लकडाउनको समयमा प्रेटोलियम पदार्थ ल्याउने ट्यांकरमा लागु औषध लुकाएर ल्याएका मकवानपुरका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतको रक्सौलबाट तेल बोकेर काठमाडौं जादै गरेको ना ३ ख ६४६६ नम्बरको टयाङ्करबाट लाई हेटौँडा १५ मा जाँच गर्दा लागुऔषध फेला पारेको हो ।

पक्राउ पर्नेमा ट्याङ्कर चालक मकवानपुर थाहा नगरपालिका ४ का ३३ बर्षीय मान बहादुर थोकर र हेटौंडा ४ का ४५ बर्षीय सेते लामा रहेका प्रहरीले जनाएको छ ।

तेल निकाल्ने लकिङ्ग बक्समा लुकाएको अवस्थामा १५५ बोतल विनसिरेक्स बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०