nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

टिष्टुङ र चित्लाङमा संयुक्त वडा कार्यालय उद्घाटन

पुर्नसंरचना पश्चात् मकवानपुरको थाहा नगरपालिकामा गाभिएका थप दुई गाविसमा संयुक्त वडा सेवा केन्द्र विस्तार गरिएको छ । जिल्लाको चित्लाङ र टिष्टुङमा स्थापना गरिएको संयुक्त वडा सेवा केन्द्रको ३ चैत्रमा नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियारले उद्घाटन गरेका हुन् ।

थाहा नगरपालिकाको चित्लाङमा ९ र १० तथा टिष्टुङमा ११ र १२ नम्बर वडाको संयुक्त कार्यालय संचालनमा ल्याइएको हो । अहिलेलाई साविकको गाविस भवनमा संयुक्त वडा सेवा केन्द्र स्थापना गरिएको छ । चित्लाङमा गुण बहादुर केसी र टिष्टुङमा पुर्ण गोलेलाई संयुक्त वडा सचिव तोकिएको छ ।

कार्यक्रमा नगरस्थित राजनीतिक दलका प्रतिनीधिहरु, स्थानीय संघसंस्थाका पदाअधिकारीहरु, स्थानीय समाजसेवी तथा वडाबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

यसैबीच ४ चैत्रमा संयुक्त वडा सेवा केन्द्र उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आग्रा सेवा केन्द्रमा सचिव चन्द्र बहादुर थिङ तोकिएका छन् । सचिव थिङले ७ र ८ नम्बर वडाबासीलाई सेवा प्रदान गर्नेछन् ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)