nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

टिष्टुङ महोत्सवलाई छिमेकी गाउँपालिकाको दरबिलो साथ

मकवानपुर थाहा नगरपालिकाको टिष्टुङ (बज्रवाराही)मा संचालन हुने प्रथम टिष्टुङ महोत्सव–२०७५ का ले छिमेकी गाउँपालिकाको दरबिलो साथ पाउने भएको छ । थाहा नगरपालिकाका सबै वडाहरुले महोत्सव सम्पन्न गर्नका लागि भरपूर सहयोग गर्ने प्रतिवद्धताको खबर सार्वजनिक भएलगतै छिमेकी गाउँपालिकाहरुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । यहि असोज २४ देखि २७ गतेसम्म बज्रवाराहीको सरस्वती बजारमा हुने महोत्सवलाई साहमुहिकताको साथ सफल पार्नका लागि इन्द्रसरोवर गाउँपालिकाको कार्यालय तथा पाँचवटै वडा कार्यालयहरुमा मूल आयोजक समितिले छलफल गरेको छ । 

महोत्सव मूल आयोजक समितिले १२ असोजमा थाहा नगरपालिकाको वडा नं. ९ र १० तथा इन्द्रसरोवर गाउँपालिकाको १ देखि ५ नम्बर सम्मका वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष जीवन लामासंग छलफल गरेको हो। छलफलमा इन्द्रसरोवरले महोत्सव सफलताको साथ संचालन गर्नका लागि सहयोग गर्ने गाउँपालिका अध्यक्ष लामाले प्रतिवद्धता व्यक्त गरे । इन्द्रसरोवर गाउँपालिकाले आफ्नो गाउँपालिकाबासीको अर्थपूर्ण सहभागिता र आर्थिक रुपले समेत सकेको सहयोग गर्ने अध्यक्ष लामाको प्रतिवद्धता रहेको थियो ।

महोत्सव मूल आयोजक समितिको तर्फबाट संयोजक इन्द्रबहादुर श्रेष्ठले स्थानीय तहहरुका वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्षलाई महोत्सवको प्रस्तावना पेश गरेका थिए । छलफलमा महोत्सव मूल आयोजक समिति सचिवालयका मेघराज बलामी, विष्ण् गोपालीलगायतकाको सहभागिता थियो भने इन्द्रसरोवर गाउँपालिका उपाध्यक्ष उमा थापालगायत वडाअध्यक्षहरुको सहभागिता रहेको थियो । 

अधिकांश प्रवद्र्धनात्मक स्टलहरु रहने उक्त टिष्टुङ महोत्सवमा १ सय ६० वटा स्टल रहने भएका छन् । महोत्सवका लागि तय गरिएको अधिकांश स्टलहरु बुक भइसकेको महोत्सव सचिवालय सदस्य प्रमोद जोशीले जानकारी दिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)