Wednesday, 26th August, 2026
वि.स.

टिष्टुङ महोत्सवको तयारी तिब्र, स्वागत द्वार निर्माण शुरु

Get-01-1538222129.jpg

थाहा नगरपालिकाको बज्रवाराही (टिष्टुङ) मा संचालन हुने प्रथम टिष्टुङ महोत्सव २०७५ को तयारी तिब्र पारिएको छ । महोत्सवको तयारी स्वरुप स्वागत द्वारहरुको निर्माण कार्य थालिएको छ । 

यहि असोज २४ देखि २७ गतेसम्म टिष्टुङको सरस्वती बजारमा संचालन हुने महोत्सव प्रवेश गर्ने मुख्य मुख्य द्वारहरुमा स्थानीय प्रविधिबाट बाँसको गेट निर्माण थालिएको महोत्सवको गेट निर्माण उप समितिका संयोजक मनहरी भट्टले जानकारी दिए । टिष्टुङ प्रवेश गर्ने मुख्य बाटो तथा सरस्वती बजार आसपासको क्षेत्रमा आयोजकले अवलोकनकर्ता तथा अतिथिहरुलाई स्वागतका लागि गेट निर्माण गरिएको संयोजक भट्टले जानकारी दिए । महोत्सव क्षेत्रमा प्रवेश गर्ने विभिन्न ठाउँमा ५ वटा मुख्य प्रवेश द्वार निर्माण गरिने महोत्सव सचिवालय सदस्य प्रमोद जोशीले जानकारी दिए । 

महोत्सवको गेट निर्माणका लागि श्री नं. ७ चनवन ब्यारेकका नेपाली सेना तथा मध्ये पृतना शिक्षालयका सेनाहरुले सहयोग गरेका छन् । थाहा नगरपालिका वडा नं. ६ मा पर्ने उक्त ब्यारेकका सेनाहरुले गेट निर्माणमा सहयोग गरिरहेको महोत्सव मूल आयोजक समितिका संयोजक इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । नेपाली सेनाले आफ्नै कार्यालय भएको वडा भएकोले पनि गेग निर्माणमा सहयोग जुटाएको संयोजक श्रेष्ठले जानकारी दिए । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif