Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

जेसीज हलमा काँग्रेसको क्षेत्रीय चुनाव, मतदान सकियो

asasasas-1637320199.jpg

मकवानपुर क्षेत्र नं. २ (क) मा क्षेत्रीय कार्यसमितिका लागि नेपाली काँग्रेसको निर्वाचन नै भएको छ । ३ मंसिरमा सभापतिसहित सबै पदाधिकारीका लागि निर्वाचन भएको हो । मतदान भर्खरै सकिएको छ ।

सभापति पदका लागि खड्गबहादुर गोपाली र सुजन गोपाली प्रतिष्पर्धामा छन् । त्यसैगरी उपसभापति २ जनाका लागि ईश्वरी शाही ठकुरी, निरोज रानामगर, रञ्जनकुमार कठायत र रामशरण तामाङ गरी ४ जना उमेदवार रहेका छन् । 

त्यसैगरी सचिब २ जनाका लागि ३ जना उमेदवारहरु मैदानमा छन् । नरहरि गोपाली, राजेशबाबु सापकोटा र सुरेश लामिछानेबीच सचिबमा प्रतिष्पर्धा छ । 

२ सहसचिबमा कुमार लामा, रामशरण गोपाली, समिता रसाइली र हरिशरण देवकोटा भिडेका छन् । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

asasasas-1637320205.jpg