Wednesday, 26th August, 2026
वि.स.

जीवन बीमा अभिकर्ता आधारभुत तालिम

432-1527248901.jpg

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शुक्रबार थाहामा जीवन बीमा अभिकर्ता आधारभुत तालिम सञ्चालन गरेको छ । एशियन लाइफ उपशाखा पालुङ र जिल्ला शाखा मकवानपुरको आयोजनामा तालिम भएको हो ।

तालिममा बीमा के हो ?, बीमाको महत्व, बीमा गर्ने तरिका लगाएत बीमा सम्बन्धि सामान्य जानकारी गराइएको थियो । साथै नेपालमा एशियनको स्थापना, हाल सञ्चालन भइरहेको योजना, पूजीगत संरचना, बीमा लेखा बोनस लगायतको बारेमा सहजिकरण गरिएको थियो । हेटौँडा शाखाका शाखा प्रबन्धक सञ्जय रेग्मीले सहजीकरण गरेको कार्यक्रममा २८ जना नया तथा कार्यरत अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

नेपालको उत्कृष्ट पेशा नै बीमा अभिकर्ताको पेशा भएको बताउदै सहजकर्ता रेग्मीले बीमाबाट बिमितले आफ्नो उद्देश्यलाई चुम्न सकिने बताए । बि.स. २०६४ सालमा स्थापना भएको उक्त बीम कम्पनीले हाल उत्कृष्ट सेवा प्रदान गर्दै बीमितहरुको जोखिम न्युनिकरण गरिरहेको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif