nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

जिम्मेवारी: शिक्षामा पार्वत गुरुङ र पर्यटन मन्त्रालयमा प्रदीप ज्ञवाली !

parbat-gurung-and-pradeep-1602513940.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालय र पर्यटन मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

प्रधानमन्त्री ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएपछि उनीहरुले गर्दै आएको काम तत्कालका लागि दुईजनालाई जिम्मेवारी तोकेका छन् ।

शिक्षा मन्त्रालयको जिम्मेवारी महिला, बालबालिका तथा जेष्ठनागरिकमन्त्री पार्वत गुरुङ र पर्यटन मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई तोकिएको छ ।

पोखरेल र भट्टराई कोरोनाबाट निको भएर काममा नफर्किएसम्मका लागि जिम्मेवारी दुईजनालाई दिइएको स्रोतको भनाइ छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)