Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

जयराम रायमाझी ‘पासाङ’ सहित १३८ नेता–कार्यकर्ताले विप्लब छाडे

Jayaaa-1599226116.png

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मकवानपुर जिल्ला सेक्रेटरी जयराम रायमाझी‘पासाङ’ सहित प्रदेश, अञ्चल र जिल्ला नेतृत्व तहका गरी १ सय ३८ जनाले पार्टी परित्याग गरेका छन् । 

१९ भाद्रमा भीमफेदी गाउँपालिका वडा नं. ९ बसिफाँटमा पत्रकार सम्मेलनको आयोजना गरी १ सय ३८ जना विप्लब  नेता तथा कार्यकर्ताहरुले सामुहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । 

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गर्नेहरुमा व्युरो सदस्य तथा प्लाटुन कमाण्डर धनबहादुर थिङ, प्लाटुन कमाण्डर किरण, अहिल नेपाल क्रान्तिकारी महिला संगठन नारायणी व्युरो सदस्य रेमा मगर, जिल्ला सचिबालय सदस्य सोम घलान, जिल्ला सदस्य जुरे घिसिङ, जिल्ला सदस्य नेत्र गौतम लगायत रहेका छन् । 

पार्टी परित्याग घोषणा कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी जयराम रायमाझीले पार्टी नेतृत्वको राजसी शैलीका कारण आफूहरु पार्टीबाट अलग हुनु परेको बताए । 

कार्यक्रममा रायमाझीले उक्त पार्टीमा साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र ढंगले आम नागरिकसरह जीवनयापन गर्ने समेत घोषणा गरे । कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले आफूहरु तत्काललाई कुनै पार्टीमा प्रवेश नगर्ने स्पष्ट पारे। ‘हामी तत्कालका लागि समाजवादी अध्ययन केन्द्रअन्तर्गत रहन्छौं, तत्काललाई कुनै पार्टीमा प्रवेश गर्ने कार्यक्रम छैन, तर माक्र्सवादी विचारलाई भने त्याग्न सक्दैनौं’ उनले भने । 

पार्टी परित्याग कार्यक्रममा प्रमुख राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नेताहरुको पनि उपस्थिति रहेको थियो । 

हेर्नुहोस् पत्रकार सम्मेलनमा जारी विज्ञप्ती :

 



https://thahatimes.com/public/images/users/IMG_20201219_235343-1622052406.jpg

कुमार नेगी

kumarnegi@gmail.com