nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

चेपाङ तथा अनाथ विद्यार्थीलाई वाणिज्य संघद्वारा स्विटर वितरण

नेपाल राष्ट्रिय वाणिज्य संघले हेटौँडा ११ मा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्ययनर विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरेको छ ।

विद्यालयमा अध्ययनरत ३५ जना चेपाङ तथा अनाथ वालवालिकालाई न्यानो कपडा वितरण गरेको हो । जाडो मौसममा आर्थिक रुपमा निकै विपन्न रहेको परिवारका विद्यार्थीलाई सहज होस भन्दै स्विटर वितरण गरिएको कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल राष्ट्रिय वाणिज्य संघ मकवानपुरका जिल्ला अध्यक्ष विष्णुहरी पण्डितले जानकारी दिए ।

नगर क्षेत्रमा भएरपनि दैनिक जिवन चलाउन समेत धौधौ रहेको परिवारका विद्यार्थीलाई सहयोग गर्न पाउँदा निकै खुसी मिलेको उनको भनाई रहेको छ । विद्यालयकाका ब्यवस्थापन समिति अध्यक्ष जुद्धबहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बसामाडी जेसिजका अध्यक्ष हरि शर्मा, मकवानपुर उद्योग वाणिज्य संघका सदस्य दिवस पराजुली, वाणिज्य संघका उपाध्यक्ष चक्रधर विडारी, राजेन्द्र लामिछाने लगाएतको उपस्थिती रहेको थियो ।