Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

चित्लाङ–थानकोट सडकको फाइल मन्त्रीपरिषदमा पेश हुने

मकवानपुर थाहा नगरपालिकालाई छोटो दुरीमा काठमाण्डौ जोड्ने सडक संघीय सरकारले निर्माण गर्ने सम्बन्धमा थाहा नगरपालिका चित्लाङका स्थानीयहरु डेलिगेसन गएका छन् । मकवानपुर प्रतिनीधिसभा–२ का सांसद विरोध खतिवडा, नगर प्रमुख लवशेर विष्ट, उप प्रमुख खड्ग गोपालीलगायतको टोली थानकोट चित्लाङ सडक कार्यालय कलंकी, सडक बिभाग र भौतिक तथा यातायात मन्त्रालय पुगेका थिए । 

भेटका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले सडक निर्माणका लागि तयार भएको फाइल मन्त्री परिषद्बाट निर्णय गराउने प्रतिबद्धता व्यक्त गरे । तीन महिनाअघि तयार भएको फाइल मन्त्री परिषद्मा पेश नभएपछि डेलिगेसन जानू परेको टोलीका सहभागी बुद्धरत्न मान्धरले जानकारी दिए । 


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०