Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

गम्भीर बन्न निर्देशन

DM-1598581873.jpg

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कोरोना रोकथाम, नियन्त्रणमा प्रभावकारी भूमिका खेल्दै आएको दाबी गरेका छन्। तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतले सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन्।

प्रदेश सरकारले स्थापना गरेको ५० करोडको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेर मुख्यमन्त्री पौडेलले नमुना काम गरेको धेरैले बताएका थिए। प्रदेश मन्त्रिपरिषद्ले चैत्र १६ गते पारित गरेर कार्यविधिअनुसार खर्च गरेको दाबी पनि गरिएको थियो। तर पछिल्लो समय कोष संकलन र परिचालन प्रभावकारी नभएको सरोकारवालाको आरोप छ। पौडेलले कोरोना नियन्त्रणका लागि रकम अभाव हुन नदिने बताएका छन्। उनले भनेका छन्, ‘अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई संक्रमण हुन थालेको छ, नियन्त्रण र रोकथामका लागि गम्भीर हुने बेला आएको छ।’

मुख्यमन्त्री स्वयं गृहनगर हेटौंडामा आइसोलेसन वार्ड स्थापना गर्नदेखि अलपत्र परेका यात्रुको उद्धारमा  खटिएका छन्। उनको निर्देशनपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालले ५ दिनमै एक सय २० शड्ढयाको आइसोलेसन वार्ड स्थापना गरेको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा कोभिड १९ नियन्त्रणका लागि ३१ करोड ४४ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।  

-नागरिकबाट