Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

काँग्रेसको मकवानपुर–२(क)मा सभापतिका पाँच उमेदवार

congress-umedwarharu-1636613724.jpg

नेपाली काँग्रेसको मकवानपुर–२(क) निर्वाचन क्षेत्रीय समितिको निर्वाचनमा सभापति पदका लागि कम्तिमा पाँच जनाले उमेदवारी दिने भएका छन् । अहिलेसम्मको तयारी हेर्दा प्रदेश निर्वाचन क्षेत्रअन्तर्गत मकवानपुर–२(क) मा काँग्रेसका पाँचजना सभापतिको उमेदवार देखिएका छन् । 

काँग्रेसका वर्तमान क्षेत्रीय सभापति सुजन गोपाली, निवर्तमान नगर सभापति योगेन्द्रमान श्रेष्ठ, इन्द्रसरोबर गाउँपालिका तरुण दल सभापति सुमन श्रेष्ठ, मकवानपुर–२ क्षेत्रीय सचिब ओमबहादुर बस्नेत र जिल्ला सदस्य खड्गबहादुर गोपालीले क्षेत्रीय सभापतिका लागि आआफ्नो प्रचार शुरु गरेका छन् । 

आगामी ३ मंसिरमा काँग्रेसको क्षेत्रीय  समितिका लागि निर्वाचन हुँदैछ । जेसीज सभाहलमा आयोजना हुने कार्यक्रममा मकवानपुर–२(क) का पाँच सय बढी क्षेत्रीय प्रतिनिधिहरु सहभागी हुनेछन् । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०