Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

कमल थापालाई कोरोना संक्रमण

Kamal-1602771297.jpg

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ ।

उनले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । बुधबार टाउको सामान्य दुखेपछि कोरोना संक्रमण परीक्षण गरेका उनमा बिहीबार संक्रमण पुष्टि भएको हो ।

थापाले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरुलाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन् । थापा होम आइसोलेसनमै बसेका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०