Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

ओली प्रचण्ड छलफल : एकाध मन्त्री हटाउने कि बहुसंख्यक

Kp-ol-1601224228.jpg

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ । तर ठोस सहमति भइनसकेको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई भेट्न आइतबार बिहान अर्का अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । स्रोतका अनुसार दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनगर्ठनबारे छलफल भएपनि केही मन्त्री मात्र फेर्ने कि बहुसंख्यक भन्नेमा सहमति भने जुट्न सकेन ।

‘प्रधानमन्त्री २/४ जना मात्र मन्त्री फेर्ने पक्षमा देखिनु भएको छ । अर्का अध्यक्षले बोल्ड पुनर्गठन गरौं । २/४ जना पुरानो राखेपनि अरु नयाँ पठाउनुपर्छ भन्नु भएको छ’ स्रोतले भन्यो, ‘उहाँहरूबीच सहमति भइसकेको छैन ।’