Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

ओलीले प्रचण्ड सामु गरे छुट्टिने प्रस्ताव

Prachanda-1604232154.jpg

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अलग अलग हिँड्न आग्रह गरेको ब्रिफ्रिङ गरेका छन्। खुमलटारमा आफू निकट नेताहरूसँग कुराकानी गर्दै कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले १५ कात्तिकको भेटघाटमा सो प्रस्ताव गरेको ब्रिफ्रिङ गरेका हुन्।

‘प्रधानमन्त्रीज्यूले सँगै जान सकिएन, अब अलग–अलग लागौं भनेर प्रचण्डजीसँग प्रस्ताव गर्नुभएछ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रधानमन्त्री स्वयंले उक्त प्रस्ताव गरेपछि पार्टी एकता कायम गर्न लागि परेका छौं।” उनका अनुसार १५ र  १६ कात्तिकको छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग उक्त प्रस्ताव गरेका थिए।

खुमलटारमा आफू निकट नेताहरुलाई बोलाएर प्रधानमन्त्रीले गरेको प्रस्तावका वारेमा छलफल गरेको र पार्टी एकता कायम गराउनका लागि तिब्रताको साथ छलफल भईरहेको श्रेष्ठले जानकारी दिए।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०