Tuesday, 16th June, 2026
वि.स.

एम्बुलेन्सबाट ५६ किलो गाँजा सहित तीन जना पक्राउ

gajaa-1591771558.jpg

 वीरगन्जमा एम्बुलेन्सबाट ५६ किलो लागूऔषध गाँजा बरामद भएको छ । बाराको सिमरास्थित अल्पाइन मेडिकल कलेज टिचिङ अस्पतालको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्सबाट उक्त गाँजा बरामद भएको हो ।

उक्त परिणामको गाँजा वीरगन्ज महानगरपालिका वडा नं।२७ रामपुर टोलमा गाँजा ओसार पसार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधबार बिहान बरामद गरेको हो ।प्रहरीले बरामद गाँजा र एम्बुलेन्ससहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका १५ बस्ने २३ वर्षीय जितबहादुर वाईवा, सोही ठाउँ बस्ने २२ वर्षीय दिलबहादुर वाईवा र पर्साको बहुदरमाई नगरपालिका ५ भौराटार बस्ने ३२ वर्षीय हरिशंकर महतो रहेका छन् ।

घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०