nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 13th May, 2024
वि.स.
1000043965-1707579226.jpg

एम्बुलेन्सका लागि दुई दिनमा ७ लाख संकलन

उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित ओखरबजारमा एबुलेन्स सञ्चालनार्थ दुई दिनमा ७ लाख रुपैया संकलन भएको छ । तिहारको रमझममा युवाहरु जुवातास र जाँडरक्सीको मेसोमा भेटिन्छन् भन्ने मान्यतालाई गलत सावित गर्दै ओखरबजारका युवाहरुले भाइटिकाको कार्यक्रमलाई समेत छोट्याएर एम्बुलेन्सका लागि रकम संकलन अभियानलाई तिव्रता दिएका हुन् ।
नेपाल सम्वत् ११३९ को शुभारम्भ र म्हः पूजाको दिन विहीबार गाउँमा एम्बुलेन्स सञ्चालनको योजना बनाएका युवाहरुले छलफलकै क्रममा २ लाख संकलन गरेका थिए भने आज भाइटिकाकोे दिन थप पाँच लाख रुपैया संकलन गरी ७ लाख रुपैया जम्मा गरेका हुन् । 
आज(शुक्रबार) साँझ सम्म ६ लाख ९५ हजार ७ सय २० रुपैया संकलन भैसकेको छ, बेलुकासम्म सात लाख क्रस हुने सम्भावना छ ,’ एम्बुलेन्स सेवा संचालनका लागि आर्थिक अभियानका संयोजक सुरेन्द्रमान प्रधानले भने । प्रधानलाई विकास खबर डट कमका सम्पादक कुमार नेगीले आर्थिक संकलन अभियानकै क्रममा भेटेका थिए । 
‘तिहारको अवसरमा देउसी भैलो खेल्ने बेला ओखरबजारका युवाहरु भने देउसीभैलो नभनी गाउँमा एम्बुलेन्स सञ्चालन गर्न आर्थिक संकलन अभियानमा जुटेका थिए । ‘यो देउसीभैलो होइन, हामीसँग देउसीभैलोको ब्यानर पनि छैन, दाताहरुबाट रकम संकलन गर्छौं र एम्बुलेन्स चलाउँछौं,’ संयोजक प्रधानले भने । विशेषतः ओखरबजारका बासिन्दालाई निःशुल्क र अन्यलाई शुलभ ढंगले एम्बुलेन्स सेवा सञ्चालन गर्ने गरी अभियान संचालन गरिएको उनले बताए ।
भाइटिकाको दिन दिनभर एम्बुलेन्स सञ्चालनार्थ आर्थिक संकलन अभियानमा खटिएका युवाहरु शनिबार पनि अभियानमै व्यस्त रहने अभियानका एक सदस्य जर्म श्रेष्ठले बताए । एकै दिन यति ठूलो रकम उठेकोमा गर्व गर्दै उनले अगाडि भने, ‘केही दिनभित्रै हामी २० लाख रुपैया संकलन गर्छौं, घरधुरीका हिसावले पनि उठाउँछौं, बाहिर(विदेश) पनि कोअर्डिनेशन भइरहेको छ ।’
आर्थिक अभियानसँगै एम्बुलेन्स खरिद र सेवा सञ्चालनका लागि तुरुन्त प्रक्रिया अघि बढाइने संयोजक सुरेन्द्रमान प्रधानले बताए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)