Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

एमाले थाहा–४ को वडा कार्यालय उद्घाटन

uml-4-1639566748.jpg

नेकपा एमाले थाहा नगरपालिका ४ नम्बर वडा कमिटीको कार्यालय उद्घाटन गरिएको छ । एमाले थाहा–४ का अध्यक्ष रामराजा केसीको अध्यक्षतामा भएको एक कार्यक्रमबीच २९ मंसिरमा एमाले जिल्ला कमिटी सदस्य सुरेन्द्रमान प्रधानले वडा कार्यालय उद्घाटन गरेका हुन् । 

वडा नम्बर ४ को थानाबजारमा स्थापना गरिएको वडा कार्यालय साइनबोर्ड पढेर उद्घाटन गरिएको हो । कार्यालय उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रधानले नेपालको अहिलेको राजनीति केपी ओलीको वरिपरि घुमिरहेको बताउँदै थाहानगरमा एमालेलाई पहिलो पार्टी बनाउन कार्यकर्ताहरुले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

कार्यालय उद्घाटन कार्यक्रममा एमाले जिल्ला कमिटी सल्लाहकार सान्नानी अधिकारी, जिल्ला सदस्य नारायण बल लामा, नगर सचिब कुमार नेगी, नगर सहसचिब सुजन रायमाझी, वडा इन्चार्ज ज्तिबहादुर थोकर लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०