Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

एमाले थाहानगर अध्यक्षमा ढकाल

Ach-1635650535.jpg

नेकपा एमाले थाहानगर कमिटीको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा अच्युत्तम प्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष पदका प्रत्यासी सुरेन्द्रमान प्रधान र गुप्त बहादुर कार्कीले उम्मेदवारी फिर्ता लिए पछि ढकाल निर्विरोध भएका हुन् । प्रधानले आफ्नो मन्तव्य राख्दै सबै दलहरुले घेराबन्दीमा पारिरहेको अवस्थामा पार्टीभित्र चुनाव गर्नु अर्को संकट हुने भन्दै पार्टीलाई एक ढिक्का बनाउन आफूले उम्मेदवारी फिर्ता लिएको प्रतिक्रिया दिए । 

उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेकोमा दुई जनाले फिर्ता लिदै हेम थिङ निर्विरोध भए । सचिवमा कुमार नेगी निर्वाचित भए । दुई उपसचिवमा सात जनाको उम्मेदवारी परेकोमा सुजन रायमाझी र उत्तम लामिछाने निर्विरोध भएका छन् ।

नेकपा एमाले नगर कमिटिमा १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित ७५ सदस्य रहने विधानमा व्यवस्था छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०