Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

ईन्जिनियर एसोसियसनमा मकवानपुरका युवा ईन्जिनियर खतिवडाको उमेदवारी

BK-Htd-1543817066.png

नेपाल इन्जिनियर्स एशोसियसनको निर्वाचनमा लोकतान्त्रिक समूहबाट प्रदेश सचिवको पदमा मकवानपुर हेटौंडाका युवा ईन्जिनियर बिक्रम खतिवडाले उमेदवारी दिने भएका छन् ।

२८ मंसिरमा  निर्वाचनमा हुने हेटौंडा–९ पशुपतिनगरका युवा खतिवडा सूचनाप्रबिधि तथा विद्युतीय शासनसँग आवद्ध छन् । काठमाडौंमा रहेर देशव्यापी कार्यक्रम सञ्चालन गरिरहेका खतिवडा केही समय हेटौंडामा रहेर स्थानीय विकास मन्त्रालय अन्तर्गत सेवा गरेको अनुभब बटुलेका छन् ।

 हेटौंडा–९ मा निजी विद्यालयका सञ्चालक समेत रहेका युवा खतिवडाले केन्द्रमा ईन्जिनियर हिरेन्द्रमान प्रधानको नेतृत्व तथा प्रदेश–३ मा ई। सुबाशचन्द्र बरालको नेतृत्वको प्यानलबाट कार्यसमिति सचिवको पदमा आफ्नो उम्मेदवारी दिएका हुन् ।

यस्तो छ इन्जिनियर खतिवडाको प्रतिवद्धता:

एशोसियसनमा मेरो भूमिका
समस्त इन्जिनियर हरुलाई एकजुट गराई राष्ट्रिय राजनीति र प्रशासन को क्षेत्र मा अग्रणी भूमिका खेल्ने बाचा गर्दछु।  इन्जिनियरिंग पेसा लाई सम्मानित र मर्यादित बनाउन हर सम्भव कोशिस गर्नेछु। इन्जिनियर को हक र अधिकार को सुनिश्चितता को लागि पहल गर्नेछु । इन्जिनियर को भविष्य संग देश को भविष्य जोडिएको हुँदा इन्जिनियर लाई सफलता पुर्वक कार्य सम्पादन गर्न योग्य र सुरक्षित वाताबरण निर्माण गर्न जोडदार रुपमा पहल गर्नेछु।  देश को आर्थिक - सामाजिक  क्षेत्र को विकासमा इन्जिनियर को भूमिका लाई अझ फराकिलो र मजबुत बनाउन हरेक स्थानीय तह मा कम्ति मा एक विषयगत इन्जिनियर को दरबन्दी बनाउन जोडदार रुपले पहल गर्नेछु। अपेक्षित प्रयासमा भैरहेको कार्यगत उपलब्धिहरु सबैमाझ निरन्तर राख्दै सम्पूर्ण कार्यकालभरि अहिलेकै उर्जा र जोशका साथ इन्जिनियरिंग समुदाय र संस्थाको सेतुको भूमिकामा अनवरत रहनेछु | प्रदेश एकाइको दिगो व्यवस्थापनको लागि केन्द्रसंग समन्वय गरेर बिधान अनुरुपका संगठनका एकाइहरु निर्माण तथा कार्यन्वयनको लागि क्रियाशील रहनेछु | समुदायबाट प्राप्त सुझाव र सल्लाहहरुको आधारमा भावी कार्य योजना निर्माण गर्नुका साथै “संस्था व्यक्तिको लागि र व्यक्ति संस्थाको लागि” बन्नसक्ने वातावरण निर्माण गर्नेछु |

राज्यको अदुरदर्शी र अप्रभावकारी नीति - नियमका कारण प्रत्येक वर्ष सयौं इन्जिनियरहरू विदेश पलायन हुन बाध्य छन्।  देशमै समस्त इन्जिनियरको सम्मानित र मर्यादित रुपमा खपत हुने वातावरण निर्माण गर्न नेतृत्वदायी भूमिका खेल्नेछु। विगत केहि वर्ष देखि घट्दै गैरहेको इन्जिनियरिङ्ग पेशा प्रतिको आकर्षणलाई पुन: उचाईमा पुर्याउन राज्यको नीतिलाई समयानुकुल परिवर्तन गर्न पहल गर्नेछु।  इन्जिनियरलाई राज्यको उच्च तहमा पुग्नबाट रोक्ने विभेदकारी र उपेक्षाकारी नीतिको तत्काल खारेजी गर्न जोडदार रुपमा पहल गर्नेछु।  इन्जिनियरिङ्ग पेशासंग राज्यका अरु महत्वपूर्ण पेसा जोडिएको हुदाँ इन्जिनियरिङ्ग पेशालाई केन्द्र-बिन्दु बनाई अरु पेसा संगको सम्बन्ध सुमधुर बनाउन हरसम्भव प्रयत्न गर्नेछु। धन्यवाद

मेरो संक्षिप्त परिचय
NEA प्रदेश नं ३
•         नेपाल ईन्जिनियर्स एशोसिएसन हेटौडा क्षेत्रीय केन्द्र को बिगत दुई कार्यकाल देखि नेतृत्व गरेको अनुभव |
•         सूचना प्रविधि तथा  विद्युतीय शासन क्षेत्र मा बिगत ६ बर्ष देखी को अनुभब |
•         प्रदेश नं ३ को (हेटौडा) नै जन्म एवम् कर्म थलो |
•         सूचना प्रबिधि को उच्चतम प्रयोग मा जोड दिने  |
 
ई बिक्रम खतिवडा, ९८५१२७६०८३




https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०