nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

इन्द्र बानियाँको वडामा एमाले विजयी

244647959_324259026169256-1652766292.jpg

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँको हेटौंडा उपमहानगर वडा नंबर १८ मा नेकपा एमालेको उम्मेद्वार विजयी भएको छ ।

एमालेबाट हेटौंडा १८ का उम्मेद्वार अनिल कुमार बानियाँले १८९८ मत ल्याउँदै जित हाँसिल गरेका हुन् । अनिल बानियाँ दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा निर्वाचित भएका हुन् । बानियाँ यसअघि,२०७४ को स्थानीय निर्वाचनमा पनि एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु बानियाँले १७२० मत ल्याए । यसैगरि,राप्रपाबाट दामोदर बानियाँले १४३, स्वतन्त्र सुन्दर दाहालले ९३ मत,जनता समाजवादी पार्टी, नेपालका मोहन थिङले ३७ मत ल्याए ।

यसैगरी, हेटौंडा-१८ मा दुई जना सदस्य एमालेका उम्मेद्वार र दुई जना सदस्य नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन्।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)